मृत्यु पछि – म मरेपछि के हुन्छ?

यस क्षण तपाईं जीवित हुनुहुन्छ, तपाईंले श्वास फेर्नुहुन्छ, तपाईं हलचल गर्नुहुन्छ, वा काम गर्नुहुन्छ। तपाईं आरामको जीवन वा कष्टको जीवन जिउँदै गर्नुभएको हुनसक्छ। सूर्य उदाउँछ र अस्ताउँछ। कहीँ कतै बच्चा जन्मँदैछ। तर कहीँ कतै कोही मर्दै पनि छ।

जीवनको सबै कुरा अस्थायी व्यवस्था मात्र हो।

तर,

मृत्युपछि तपाईं कहाँ जानुहुनेछ?

चाहे तपाईं धर्म मान्ने मानिस हुनुहुन्छ होला,

   वा कुनै धर्म नमान्ने मानिस हुनुहुन्छ होला।

      तथापि तपाईंले यो सबैभन्दा महत्त्वपूर्ण प्रश्नको जबाफ दिनुपर्छ,

         किनकि यस संसारको छोटो जीवन पश्चात्‌, मानिस आफ्‍नो

            अनन्‍तको गन्तव्यमा जानेछ। (उपदेशक १२:५)

तर कहाँ?

जुन चिहानमा मानिसलाई दफन गरिन्छ, त्यहाँ उसको आत्मालाई दफन गर्न सकिँदैन। मानिसको शरीरलाई चिताको थाकमा जलाए तापनि उसको आत्मालाई त्यसले भस्म गर्न सक्दैन। मानिस समुन्द्रको गहिराइमा फसे तापनि उसको आत्मा त्यहाँ डुब्दैन।

तपाईंको आत्मा कहिल्यै मर्दैन!

स्वर्ग र पृथ्वीका परमेश्वरले भन्नुभएको

पूरा लेख: मृत्यु पछि – म मरेपछि के हुन्छ?

छ, “सबै आत्माहरू मेरा हुन्‌।”

मानिस शरीरमा जीवित हुँदा (यस जीवनमा) उसले गरेका असल वा खराब कामहरूलाई उसको "वास्तविक पहिचान" अर्थात्‌ उसको आत्माले यसपछिको कुनै ठाउँमा भेट्नेछ। हिब्रू ९:२७ को सन्दर्भ हेर्नुहोस्‌।

 

 

       तपाईंले इमानदारीपूर्वक पूजा गर्नुभएको हुन सक्छ।

            तपाईं आफ्ना कुकर्महरूको निम्ति दुःखित हुनुभएको हुन सक्छ।

                  तपाईंले चोरी भएको कुरालाई फिर्ता पाउनुभएको पनि हुन सक्छ।

पक्कै पनि यी सबै कुरा आवश्यक छन्‌—

                                                    तर—

              तपाईंले आफ्नो पापहरूको निम्ति प्रायश्चित गर्न सक्नुहुन्न।

 

स्वर्गका परमेश्वर, सारा पृथ्वीका धार्मिक न्यायकर्ताले तपाईंको पापहरू र जीवन जान्नुहुन्छ—उहाँबाट कुनै कुरा लुकिएको छैन। त्यस भावी संसारको आनन्द र महिमाभित्र तपाईं आफ्ना पापहरूको साथमा कहिल्यै पस्न सक्नुहुन्न।

तर यही स्वर्गका परमेश्वर प्रेमका परमेश्वर हुनुहुन्छ। उहाँले तपाईंको जीवन र तपाईंको आत्माको निम्ति उद्धारको बाटो बनाउनुभएको छ। तपाईं अनन्त नाश तथा नरकको आगोमा जाकिनु पर्दैन। परमेश्वरले तपाईंको आत्मा बचाउनको लागि येशूलाई यस संसारमा पठाउनुभयो। येशूले दुःख भोग्नुहुँदा र उहाँ कलवरीको क्रूसमा मारिनुहुँदा उहाँले तपाईंको पापहरूलाई आफैँमाथि लिनुभयो। परमेश्वरले तपाईंको पापहरूको खातिर येशूलाई बलिदानको रूपमा दिनु भएर उहाँले सर्वोत्तम स्वर्ग दिनुभयो। “तर ऊ त हाम्रा अपराधहरूका निम्‍ति छेडियो। हाम्रा अधर्मका निम्‍ति ऊ पेलियो। हामीमा शान्‍ति ल्‍याउने दण्‍ड उसमाथि पर्‍यो, र उसको कोर्राको चोटले हामी निको भयौं” (यशैया ५३:५)। यी येशू यस संसारमा आउनुभन्दा धेरै वर्ष अघि नै उहाँको बारेमा गरिएको भविष्यवाणीका शब्दहरू थिए।

येशूले तपाईंलाई प्रेम गर्नुहुन्छ भन्ने कुरामा के तपाईं विश्वास गर्न चाहनुहुन्छ? के तपाईंले उहाँसँग प्रार्थना गर्न र आफ्ना पापहरू स्वीकार गर्न चाहनुहुन्छ? के तपाईंले पश्चात्ताप गरेर जीवित परमेश्वरका पुत्र येशूलाई स्वीकार गर्न चाहनुहुन्छ? उहाँप्रति पूर्ण रूपमा समर्पित हुँदा, उहाँले तपाईंको आत्मामा शान्ति ल्याउनुहुन्छ र तपाईंलाई मृत्युपछि महिमित जीवन दिनुहुनेछ। तब मात्र तपाईंले आफ्नो आत्माको निम्ति अति आनन्द र आराम हुने अनन्तको वासस्थान पक्का रूपमा पाउन सक्नुहुन्छ।

तर हाय! विनाशको खाडल र कहिल्यै ननिभ्ने आगोको ज्वालाले यस जीवनमा येशूको छुटकारा दिने प्रेमलाई अस्वीकार गर्नेहरूको प्रतिक्षा गर्दैछ। मृत्युपछि कुनै पनि फर्कने वा पश्चात्ताप गर्ने मौका हुनेछैन। “त्‍यसपछि उनले देब्रेपट्टिका मानिसहरूलाई भन्‍नेछन्‌, ‘श्रापित मानिस हो! मबाट दूर होओ, र दियाबलस र त्‍यसका दूतहरूका लागि तयार गरिएको अनन्‍तको आगोमा जाओ” (मत्ती २५:४१)। “त्‍यस बेकम्‍मा नोकरलाई चाहिँ बाहिरी अन्‍धकारमा फालिदेओ, जहाँ मानिसहरू रुनेछन्‌ र दाह्रा किट्‌नेछन्‌” (मत्ती २५:३०)।

पवित्र धर्मशास्त्र बाइबलमा, परमेश्वरले सारा पृथ्वीको आउने अन्तिम न्यायको बारेमा चेताउनी दिनुहुन्छ। यो पवित्र धर्मशास्त्रमा, यस्तो भविष्यवाणी गरिएको छ कि त्यो निश्चित न्यायको दिन आउनुभन्दा अघि स्पष्ट र प्रस्ट चिन्हहरू देखा पर्नेछन्‌।

उहाँको आगमनभन्दा अघि युद्धहरू र युद्धहरूका हल्लाहरू हुनेछन्‌, जातिजातिको बीचमा सङ्कट र अन्योल हुनेछन्‌। जातिजातिहरू एक अर्काको विरुद्धमा जाग्नेछन्‌ र उनीहरूको प्रवृत्तिहरू र विचारहरूको भिन्नतालाई मत्थर गराउने कुनै उपाय नै हुनेछैनन्‌।

विभिन्न ठाउँहरूमा भूकम्पहरू र अनिकालहरू हुनेछन्‌। बाइबलले हामीलाई बताउँछ कि दुष्ट मानिसहरूले परिस्थितिलाई झन्‌ झन्‌ खराब बनाउनेछन्‌। साथसाथै मानिसहरूले चेताउनीलाई सुन्नेछैनन्‌ तर उनीहरू परमेश्वरलाई भन्दा पनि मोजमस्तीलाई प्रेम गर्नेहरू हुनेछन्‌। यी भविष्यवाणीहरू हाम्रो समयमा पूरा हुँदै गरेको के हामीले अनुभव गर्दैछैनौं र? मत्ती २४:६, ७, १२ र २ तिमोथी ३:४ हेर्नुहोस्‌।

हाम्रो वर्तमान समृद्धि वा गरिबी, प्रसिद्धि वा बेइज्जती, वा हाम्रो रङ्ग, जाति, वर्ण वा आस्थाद्वारा हाम्रा धार्मिक र महान्‌ न्यायकर्ता प्रभावित हुनुहुनेछैन भन्ने कुराको हेक्का हामीले राखौं। कुनै दिन हामी हाम्रा महान्‌ सृष्टिकर्ता र प्रभुको अघि हाम्रा कामहरूको आधारमा न्याय गरिनलाई उभिनेछौं। मत्ती २५:३२, ३३ पढ्नुहोस्‌।

कहिल्यै अन्त नहुने अनन्ततामा कुनै समय दिने घडी, कुनै वार्षिक पात्रो रहनेछैन, र शताब्दीहरूको गणना हुनेछैन। पापी र दुष्टहरूको कष्टको धुवा सदासर्वदाको निम्ति उठ्नेछ—जबकी उद्धार पाएकाहरूको आनन्द, गीत, उल्लास, र आराम स्वर्गमा कहिल्यै नटुङ्गिने गरि रहिरहनेछ। अहिले नै आफ्नो छनौट गर्नुहोस्‌! लगत्तै अति ढिलो हुन सक्छ, “हेर, मुक्तिको दिन अहिले हो” (२ कोरिन्थी ६:२, मत्ती ११:२८-३०)।

हामीलाई सम्पर्क गर्नुहोस्‌

पर्चाहरू माग गर्नुहोस्‌